काठमाडौँ : बजाज पल्सर नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि ‘टु ह्विलर पार्टनर’ बनेको छ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले सम्झौता पत्रमा हस्ताक्षर गर्दै सहकार्य औपचारिक घोषणा गरे।
सम्झौताअनुसार सर्वाधिक रन बनाउने ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट उदीयमान खेलाडीलाई गोल्छा ग्रुपले Pulsar N160 मोटरसाइकल पुरस्कार स्वरूप प्रदान गर्नेछ।
कार्यक्रमका क्रममा अभिमन्यु गोल्छाले पल्सर सधैँ खेलकुद र युवा ऊर्जासँग जोडिएको ब्रान्ड भएको बताउँदै एनपीएलमार्फत नेपाली क्रिकेटलाई थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
क्यानका सचिव पारस खड्काले पल्सरसँगको सहकार्यलाई नेपाली क्रिकेटका लागि सकारात्मक कदम बताउँदै एनपीएलको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको तथा चाँडै पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी सार्वजनिक हुने जानकारी दिए।
दोस्रो संस्करणको एनपीएल आगामी मङ्सिर १ गतेदेखि सञ्चालन हुनेछ।
प्रतिक्रिया