महाकालीको कटानले दोधारा चाँदनीको कुतियाकवर बस्ती जोखिममा

मंगलबार, १७ भदौ २०८२

कञ्चनपुर :  महाकाली नदीको निरन्तर कटानका कारण कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-१० मा रहेको कुतियाकवर बस्ती उच्च जोखिममा परेको छ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा अवस्थित यो बस्तीमा नदीको कटानले ठूलो क्षति पुगेको छ।

स्थानीय बासिन्दाका अनुसार नदीको कटानका कारण यहाँको दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ।

सरकारसँग पटक-पटक आग्रह गर्दा पनि तटबन्ध निर्माण नहुँदा बस्ती साँघुरिँदै गएको र धेरै परिवारहरू विस्थापित भइसकेका छन्। यसअघि १५० परिवार बसोबास गर्ने यो बस्तीमा अहिले बाढी र कटानका कारण १०० भन्दा बढी परिवार विस्थापित भएका छन्।

नगरपालिकाका प्रमुख किशोर लिम्बूले बस्ती जोगाउन दुई वटा सेफहाउस निर्माण गरिएको र मानवीय क्षति हुन नदिन संयन्त्र बनाएर काम गरिरहेको बताए। उनका अनुसार जोगबुढा नदीमा तटबन्ध निर्माणको काम सुरु भए पनि पानीको सतह बढेपछि रोकिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार