अनधिकृत सामाजिक सञ्जाल र ओटीटी प्लेटफर्ममा विज्ञापनसहितको सामग्री रोक्न सर्वोच्चको आदेश

बुधबार, १८ भदौ २०८२

काठमाडौं : सर्वोच्च अदालतले कानुनबमोजिम इजाजत नलिएका सामाजिक सञ्जाल तथा ओटीटी (ओभर दी टप) एप्सलगायत इन्टरनेट ब्राउजरमार्फत विज्ञापनसहित प्रसारित हुने सामग्रीमाथि रोक लगाउन परमादेश जारी गरेको छ।

बुधबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले दुईवटा रिटमाथि सुनुवाइ गर्दै निवेदकको मागअनुरूप परमादेश जारी गरेको हो।

२०७७ साल पुसमा अधिवक्ता वीपी गौतमले दायर गरेको रिटमा फेसबुक, युट्युब, ओटीटी एप्सलगायतका अनधिकृत डिजिटल प्लेटफर्ममार्फत विदेशी विज्ञापन र अन्य सामग्री निर्वाध प्रसारण भइरहेको भन्दै रोक लगाउन माग गरिएको थियो।

रिट निवेदनमा इजाजतबिनै सञ्चालन भइरहेका ओटीटी सेवाहरूले विज्ञापनमार्फत ठूलो आम्दानी गरिरहेकाले कानुनी प्रावधान विपरीत भइरहेको दाबी गरिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार