झुम्का कारागारबाट फरार दुई कैदी धरानमा पक्राउ

शुक्रबार, २७ भदौ २०८२

इटहरी : झुम्का कारागारबाट भदौ २४ गते फरार भएका दुई कैदीलाई प्रहरीले धरानबाट नियन्त्रणमा लिएको छ ।

धरान उपमहानगरपालिका–५ आँपटारबाट कर्तव्य ज्यान मुद्दामा २० वर्षको कैद भोगिरहेका ३८ वर्षीय हर्कबहादुर राई पक्राउ परेका छन् ।

उनलाई नेपाली सेनाको श्री कालीशक्ति इन्जिनियर गण याङ्शिला ब्यारेकका सह–सेनानी अमिर थापाको कमाण्डमा खटिएको टोली र इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब निरीक्षक (प्रसनि) वीरबहादुर भण्डारीको कमाण्डमा खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

त्यस्तै, लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका कैलाली धनगढी उपमहानगर–७ घर भई हाल धरान–२ बस्दै आएका ३१ वर्षीय निखिल भनिने वसन्तराज जोशीलाई पनि धरान प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी प्रहरीले जानकारी दिएको अनुसार हालसम्म झुम्का कारागारबाट फरार १२ कैदीलाई नियन्त्रणमा लिइसकिएको छ भने अन्य फरार कैदीको खोजी तीव्र पारिएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार