काठमाडौँ : संविधानसभा सदस्य दीपक प्रसाद कुइँकेलले देशमा संवैधानिक रिक्तता हुन नदिन सबै राजनीतिक पक्षले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका छन्।
शुक्रवार सार्वजनिक गरिएको धारणा पत्रमा उनले आन्दोलनरत पक्षहरू, विशेषगरी Gen-Z पुस्ताको प्रस्तावअनुसार अन्तरिम सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।
त्यसका लागि संविधान संशोधनमार्फत सङ्घीय सांसदबाटै अन्तरिम सरकार बनाउन सकिने उनको भनाइ छ।
कुइँकेलका अनुसार Gen-Z पुस्ताले अघि सारेका मूलभूत मागहरूमध्ये नागरिकले पनि समर्थन गरिरहेका विषयमा अहिलेको सांसदबाटै सहमति हुन सक्ने अवस्था छ।
सहमति जुट्न नसकेका विषयहरू आगामी निर्वाचनपछि बन्ने संसद्ले टुङ्ग्याउन सक्ने उनले बताए।
उनले थपे, “यदि तत्कालै सबै विषयमा निष्कर्षमा पुग्न सकिएन भने अन्तरिम सरकारले तीन महिनाभित्र प्रस्ताव तयार गरी सङ्घीय संसदबाट पारित गरेर निर्वाचनमा जान सकिन्छ।”
कुइँकेलले देशलाई संवैधानिक सङ्कटतर्फ धकेल्नेभन्दा संवाद र सहमतिमार्फत वैकल्पिक बाटो खोज्नु अहिलेको पहिलो कर्तव्य भएको उल्लेख गरेका छन्।
प्रतिक्रिया