प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको बधाई

शनिबार, २८ भदौ २०८२

काठमाडौँ । नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । 

प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै शुभकामना दिएका हुन् ।

कार्की शुक्रवार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । शुक्रवार राति नै उनले राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका थिए । 

मोदीले एक्समा लेखेका छन्, 'नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना । भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिको लागि सदैव प्रतिबद्ध छ ।'

यसअघि भारतीय विदेश मन्त्रालयले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई भारतले नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार