बाँके । ‘जेनजी’ आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगञ्जका दुई युवकको दाहसंस्कार गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको पार्थिव शरीरलाई नगर परिक्रमा पछि राप्ती नदीको सिधनियाघाटमा आज दाहसंस्कार गरिएको हो ।
सुलभराज र आयुषको शव शुक्रबार नेपालगञ्ज ल्याइएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर गत सोमबार निधन भएको हो । फिनल्यान्ड जाने तयारीका निम्ति आयुष काठमाडौँ गएका थिएभने सुलभराज काठमाडौँको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङका विद्यार्थी थिए । रासस
प्रतिक्रिया