काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेकपा (माओवादी केन्द्र) का शीर्ष नेतादेखि केन्द्रीय सदस्यसम्मका निजी सम्पत्तिहरूमाथि आक्रमण भएको विवरण प्राप्त भएको छ ।
हालसम्म प्राप्त विवरणअनुसार अध्यक्ष प्रचण्डदेखि उपमहासचिवसम्मका नेताहरूका घरमा व्यापक क्षति भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवास र चितवनको घर पूरै लुटपाट, तोडफोड र आगजनीबाट ध्वस्त भएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास, उपाध्यक्ष अग्नि सापकोटा, नन्दकिशोर पुन, कृष्णबहादुर महरा र पम्फा भुसालका घरहरूमा समेत तोडफोड र लुटपाट भएको छ ।
त्यसैगरी, उपमहासचिव वर्षमान पुन र गिरिराजमणी पोखरेल, सचिव चक्रपाणी खनाल, केन्द्रीय सदस्य गंगा दाहाल, जीवन आचार्य, रेनु दाहाल, माधव सापकोटा, राजन दाहाल, विशाल खड्का, युवराज चौलागाईं, उमेश यादव, कमल बुढाथोकी, रामनारायण बिडारी लगायतका नेताहरूको निवाससमेत आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त भएका छन् ।
विशेषगरी काठमाडौं उपत्यकाभित्र र विभिन्न जिल्लामा रहेका माओवादी नेताहरूका घरहरू एकैपटक निशाना बनाइएका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको बताइएको छ ।
हालसम्म प्राप्त विवरण यसप्रकार छन् :
•अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ : खुमलटार र चितवनस्थित घर तोडफोड, लुटपाट र आगजनी — पूरै ध्वस्त ।
•वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ : हात्तीवनस्थित निवास लुटपाटपछि ध्वस्त ।
•उपाध्यक्ष अग्नि सापकोटा : घर तोडफोड, लुटपाट, पूरै क्षतिग्रस्त ।
•उपाध्यक्ष नन्दकिशोर पुन : निवासमा आगजनी, तोडफोड र लुटपाट ।
•उपाध्यक्ष कृष्णबहादुर महरा : दाङस्थित घर तोडफोड, लुटपाट — भग्नावशेषमा परिणत ।
•उपाध्यक्ष पम्फा भुसाल : निवास तोडफोड र लुटपाट ।
•उपमहासचिव वर्षमान पुन : निवास तोडफोड र लुटपाट ।
•उपमहासचिव गिरिराजमणी पोखरेल : निवास तोडफोड र लुटपाट ।
•सचिव चक्रपाणी खनाल : घरमा आगजनी, तोडफोड र लुटपाट ।
•केन्द्रीय सदस्य गंगा दाहाल : घरमा आगजनी, तोडफोड र लुटपाट ।
•केन्द्रीय सदस्य जीवन आचार्य : विराटनगरस्थित घरमा आगजनी, तोडफोड र लुटपाट ।
•केन्द्रीय सदस्य रेनु दाहाल : घरमा आगजनी, तोडफोड र लुटपाट ।
•केन्द्रीय सदस्य माधव सापकोटा : घरमा आगजनी ।
•केन्द्रीय सदस्य राजन दाहाल : घरमा तोडफोड र लुटपाट ।
•केन्द्रीय सदस्य विशाल खड्का : घर र गाडी पूरै ध्वस्त ।
•केन्द्रीय सदस्य युवराज चौलागाईं : घरमा आगजनी ।
•केन्द्रीय सदस्य उमेश यादव : घरमा तोडफोड र लुटपाट ।
•केन्द्रीय सदस्य कमल बुढाथोकी : घरमा लुटपाट ।
•केन्द्रीय सदस्य रामनारायण बिडारी : घरमा आगजनी — पूरै ध्वस्त ।
•अन्य नेताहरूको घर र सम्पत्तिमा पनि क्षतिको विवरण संकलन भइरहेको ।
प्रतिक्रिया