भाटभटेनीमा आइसक्रिम चोर्ने शिक्षकलाई कालिका माविले गर्‍यो निष्कासन

शनिबार, २८ भदौ २०८२

बुटवल । जेनजी समूहको आन्दोलनको क्रममा भाटभटेनीको सामान चोरी गर्ने शिक्षक शिव शङ्कर शुक्लालाई कालिका मानवज्ञान माविले निष्कासन गरेको छ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले एक विज्ञप्ति जारी चोरीमा संलग्न भएको पाइएपछि विद्यालयबाट निश्काष्न गरिएको जनाएका छन् । 

शिक्षक शुक्लाले २४ गते भएको भाटभटेनीमा आगजनी तथा तोडफोडका क्रममा आइसक्रिम लिएर हिँडेका थिए । उनी कालिकासँग अक्सफोर्ड माध्यमिक विद्यालयका शिक्षक हुन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार