काठमाडौँ :जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दल र नेताहरूले पाएको जनमतलाई जनादेशले खरानी बनाइसकेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा दलहरू वक्तव्यबाजीमा उत्रिँदा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
बस्नेतले भ्रष्ट दल र नेताहरूलाई जनतासँग माफी माग्न आग्रह गर्दै भने, “निर्मम जनकारबाहीमा परेका भ्रष्ट दल र नेताहरूले आजसम्म जनता र देशमाथि गरेको कुकर्मका लागि माफी माग ।
राज्यले हिम्मत गर्यो भने थप कारबाही भोग्न तयार भएर बस, त्यहीँ तिमीहरूको भलाइ छ ।”
उनले प्रतिनिधिसभा विघटनको विरोध गर्न जनमतको धमास नदिन चेतावनी दिँदै भ्रष्ट दल र नेताहरूलाई खुला चुनौती दिएका छन्।
प्रतिक्रिया