रवि लामिछाने पुनः नख्खु कारागारमा

शनिबार, २८ भदौ २०८२

ललितपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार पुनः नख्खु कारागार फर्किएका छन्।

जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने केही दिनअघि कारागार बाहिरिएका थिए। पार्टीका नेता तथा कार्यकर्ताले उनलाई कारागारबाट निकालेका थिए। तर शनिबार दिउँसो उनले सामाजिक सञ्जालमार्फत आफू कारागार फर्किन लागेको जानकारी दिएका थिए।

लामिछाने अपराह्न ५ बजे कारागार पुगेका हुन्। रास्वपा नेता प्रमोद न्यौपानेका अनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि उनले औपचारिक रूपमा नख्खु कारागारमा बस्न सुरु गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार