काठमाडौं । पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतलाई नेतृत्व छाड्न अल्टिमेटम दिएका जनमत पार्टीका ६ जना नेताले सामुहिक राजीनामा दिएका छन् । उनीहरुले हिजो (बुधबार) पार्टी अध्यक्ष राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका थिए ।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरतसिंह यादव, जनमतनिकट युवा सङ्घका संयोजक सञ्जयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य एवं केन्द्रीय सदस्य विक्रमबहादुर बमले अध्यक्ष राउतसामू सामुहिक राजीनामा दिएका हुन् ।
उनीहरुले साधारण सदस्यसमेत नरहनेगरी जनमत छाडेको घोषणा गरेका छन् । जनभावना अनुरूप आत्मआलोचना गरी नेतृत्व परिवर्तनको अल्टिमेटमसहित मागेको राजीनामालाई अपहेलना गरी जेन्जी पुस्ताले बगाएका रगतको अपमान गरिएको उनीहरुको आरोप छ ।
प्रतिक्रिया