झुम्का : महिला आत्मनिर्भरताका लागि सुनसरीको रामधुनी नगरपालिकाको चारवटा वडामा सञ्चालन भई रहेको एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत करेसावाली सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इटिसी नेपालको सहयोग तथा सेभ द अर्थ सुनसरीको आयोजनामा सञ्चालन भई रहेको एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत नमुना करेसावाली अवलोकन सहितको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
इटिसी नेपालको सहयोगमा सेभ द अर्थ सुनसरीले रामधुनी नगरपालिकाको वडा नम्बर २,४ ,८ र ९ नम्बर वडामा एकीकृत सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । महिला आत्मनिर्भरतामा जोड दिदै आएको एकीकृत सामुदायिक विकास कार्यक्रम अन्र्तगत आत्मनिर्भरताका लागि करेसावाली खेतीमा जोड दिदै महिला समुहमा आवद्ध सदस्यहरुको सहभागितामा करेसावाली सम्वन्धी विभिन्न विषय समेटिएको अभिमुखिकरण कार्यक्रम सहित नमूना करेसावारीको अनुगमन गराइएको हो ।
अभिमुखिकरण कार्यक्रममा एकीकृत सामुदायिक विकास कार्यक्रमका कृषि प्राविधिक राम नारायण चौधरीले विभिन्न महिला समुहमा आवद्ध सदस्यहरुलाई करेसावालीसंग सम्वन्धीत विविद्य विषयमा जानकारी गराएका थिए । त्यसै गरी उनले अर्गानिक उत्पादनका विषय समेत समेटेका थिए ।
समुहमा आवद्ध महिलाहरुलाई वडा नम्बर ८मा रहेको नमूना करेसावारीको अवलोकन समेत गराइएको थियो । कार्यक्रममा सहभागी महिला समुहका सदस्यहरुले इटिसी नेपालको सहयोगमा सेभ द अर्थ सुनसरीले एकीकृत सामुदायिक विकास कार्यक्रम सञ्चालनमा ल्याएपछि आफुहरुको जीवन स्तरमा सुधार आएको वताए थिए । उनीहरुले एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत कृषि अन्तर्गत करेसावारीले गर्दा विगतमा तरकारी किनेर खाने आफुहरु आत्मनिर्भर मात्र नभएर थोरै थोरै आम्दानी समेत गर्न सक्ने भएको जानकारी गराए ।
एकीकृत सामुदायिक कार्यक्रम अन्तर्गत करेसावारी कार्यक्रममा महिला समुहका सदस्यहरुलाई फलवाली , पातवाली र लहरेवालीका विषयमा जानकारी सहित प्राविधिक र विउविजन सहयोग गर्दै आएको सो अवसरमा जानकारी गराइएको थियो ।
प्रतिक्रिया