जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा

शुक्रबार, १४ कार्तिक २०८२

काठमाडौँ : जेनजी आन्दोलनकी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ नामक मोर्चा औपचारिक रूपमा घोषणा गरिएको छ।

बमले सामाजिक सञ्जालमार्फत २१ पृष्ठको विस्तृत दस्ताबेजसहित यो मोर्चा सार्वजनिक गरेकी हुन्। जेनजी आन्दोलनलाई संस्थागत रूप दिनका लागि गठन भएको यो फ्रन्टले विभिन्न जेनजी समूहहरूलाई एकीकृत गर्ने लक्ष्य राखेको छ।

फ्रन्टको संयोजकमा रक्षा बम रहेकी छिन् भने सदस्यहरूमा युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईँ, नजिर आलम, आसन अन्सारी, पूजा मेहता लगायतका युवा अगुवाहरू समावेश छन्।

आज जारी गरिएको विज्ञप्तिमा फ्रन्टले जेनजी विद्रोहलाई संस्थागत गर्ने, विभिन्न एजेन्डाहरू एकीकृत गर्ने र जेनजी विद्रोहसँगै गठन भएका समूहहरूलाई एकताबद्ध गर्ने मुख्य उद्देश्य उल्लेख गरेको छ।

यो समूहलाई राजनीतिक विचार मिल्ने सबै जेनजी समूहलाई एकीकृत गर्ने प्रारम्भिक प्लेटफर्मका रूपमा परिभाषित गरिएको छ।

विज्ञप्तिमार्फत काठमाडौँ र देशका विभिन्न भागमा जेनजी विद्रोहमा सक्रिय सबैलाई यो फ्रन्टमा जोडिन आह्वान गरिएको छ।

फ्रन्टका सङ्गठन समिति संयोजक युजन राजभण्डारीले यो समूह सङ्घीय संरचनामा काम गर्ने र चाँडै प्रदेश तथा जिल्लास्तरीय समितिहरू पनि घोषणा गरिने जानकारी दिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार