काठमाडौंका एसएसपी अधिकारी जिम्मेवारीबाट हटाइए, थापालाई पठाइयो

विहीबार, ०२ असोज २०८२

काठमाडौँ : गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौँका एसएसपीलाई जिम्मेवारीबाट हटाएको छ । काठमाडौँका एसएसपी विश्वराज अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाइएको हो ।

थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । उनीले यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्ड समेत गरिसकेका छन् ।

भदौ २३ को घट्नापछि अधिकारीलाई हटाएर थापालाई पठाइएको हो । अधिकारी गत माघमा काठमाडौँ परिसरमा आएका थिए ।

उनी आएपछि चैत १५ गते राजावादीहरूको आन्दोलन भएको थियो । उनको सुरक्षा व्यवस्थापन फितलो भएका कारण त्यो आन्दोलन हिंसात्मक भएको भन्दै आलोचना भएको थियो ।  

भदौ २३ पनि उनी आफैँ फिल्डमा खटेर युवाहरूमाथि गोली प्रहार गर्ने आदेश दिएको भन्दै आलोचना भएको छ । नयाँ सरकार आउन बित्तिकै अधिकारीको स्थानमा थापालाई पठाइएको छ । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार