मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो: मुख्यमन्त्री सिंह

शुक्रबार, ०३ असोज २०८२

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मानसिकतामा परिवर्तन हुन नसकेकै कारणले जेन–जीले आन्दोलन गर्न बाध्य भएको धारणा राखेका छन् ।

संविधान दिवस २०८२ को उपलक्ष्यमा मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले अहिलेको गतिशील जमानामा प्रविधि र पद्धतिमा परिवर्तन आए पनि देश चलाउनेहरू पुरानै मानसिकताका साथ काम गरिरहेकाले जेनजीले आन्दोलन गरेको बताए । 

उनले अहिलेको पिँडीलाई हरेक काम सहल र छिटो हुनेगरी चाहिनेमा सरकारी कार्यालहरुमा कुनै काम गर्न जाँदा घण्टौँ लाग्ने र कहिलेकाहीँ कयौँ दिन कार्यालय धाउनुपर्ने हुँदा जेनजी पिढींलाई आक्रोश सृजना भएको बताए ।

उनले नेतादेखि सरकारी कार्यालयहरूका कर्मचारीहरूको मानसिकता विकास हुननसकेकोले देश पनि पुरानै पद्धतिमा चलिरहेको बताए ।

नयाँ पिँढीले चाहे अनुसार काम गर्ने वातावरणका साथै आफ्नो मानसिकतालाई अपग्रेड गर्न आवश्यक रहेको मुख्यमन्त्री सिंहले बताए । उनले संविधान नयाँ आए पनि संविधानको दायरामा रहेर काम गर्नेहरूको मानसिकता पुरानै रहेको गुनासो गरे ।

मुख्यमन्त्री सिंहले अहिलेको संविधान उत्कृष्ट रहेपनि केही बुँदामा संशोधन गर्न आवश्यक रहेको बताए । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार