कांग्रेस बैठकको निष्कर्ष– संसद् विघटन असंवैधानिक

शुक्रबार, ०३ असोज २०८२

काठमाडौं– नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपमा बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य राजनीतिक दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले दशैंअघि केन्द्रीय समिति बैठक बोलाउने योजना पनि तय गरेको छ ।

यो बैठक २३ र २४ भदौमा भएका जेनजी आन्दोलनपछि पहिलो औपचारिक बैठक थियो ।

आन्दोलनका क्रममा प्रदर्शनकारीले कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी गर्दा ठूलो क्षति पुगेको थियो ।

क्षतिग्रस्त कार्यालयमा पहिलो पटक उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक सम्पन्न भएको हो ।

यद्यपि, आन्दोलनपछि कार्यसम्पादन समितिको एउटा भर्चुअल बैठक पहिले पनि बसेको थियो ।

सभापति शेरबहादुर देउवा र उनका दम्पती आन्दोलनका क्रममा कुटपिटको शिकार बनेका थिए र हाल उपचाररत छन् ।

आन्दोलनको क्रममा कांग्रेसका धेरै शीर्ष नेताहरूका घर पनि क्षतिग्रस्त भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार