एक लाख घुस सहित दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत रंगेहात पक्राउ

शुक्रबार, ०३ असोज २०८२
साङ्केतिक तस्बिर

दैलेख : दैलेख जिल्लाको डुंगेश्वर गाउँपालिकाका सातौं तहका लेखा अधिकृत टंक बहादुर कार्की घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्राप्त सूचनाका आधारमा, उनले गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न भइसकेपछि अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको खुलेको हो।

उक्त सूचनाका आधारमा खटिएको अख्तियारको टंगाल र सुर्खेत कार्यालयको संयुक्त टोलीले कार्कीलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा असोज २ गते सुर्खेतको विरेन्द्रनगर नगरपालिका–९ स्थित मंगलगढी चोकबाट रंगेहात पक्राउ गरेको हो। अख्तियारले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार