काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै सम्पन्न जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई भेट्ने भएकी छन् । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भई नेपाल प्रहरी अस्पतालमा उपचाररत रहेका व्यक्तिहरूको स्वास्थ्य अवस्था बुझ्न उनले अस्पताल जाने कार्यक्रम तय भएको हो।
पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार उनी शुक्रबार दिउँसो साढे चार बजे प्रहरी अस्पताल पुग्ने कार्यक्रम छ। राईले भने, "घाइतेहरूलाई भेट्न शुक्रबार दिउँसो साढे चार बजे प्रहरी अस्पताल पुग्ने कार्यक्रम रहेको छ।"
भण्डारीले अस्पताल पुगेर आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र उपचार प्रक्रियाबारे चिकित्सकहरूसँग समेत छलफल गर्ने बताइएको छ।
प्रतिक्रिया