ओलीले आफू मातहत लगेका तीन शक्तिशाली विभाग मन्त्रालयमै फिर्ता गरिने

आइतबार, ०५ असोज २०८२

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग फिर्ता हुने भएका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय मातहत लगेका ती महत्वपूर्ण निकाय अब फिर्ता हुने भएकाे हाे । अर्थ र गृहमन्त्रालयबाट प्रधानमन्त्री कार्यालय मातहत लगिएका सम्पत्ति शुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग शक्ति अभ्यासका निमित्त महत्वपूर्ण मानिन्छन्।

यसअघि गृहबाट राष्ट्रिय अनुसन्धान विभाग तथा अर्थमन्त्रालयबाट सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएर अधिनायकवाद लाद्न खोजेको आरोप लागिरहे पनि कसैले फिर्ता ल्याउन चाहेका थिएनन् । याे अन्तरिम सरकारले भने राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काउने तयारी गरेकाे हाे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार