काठमाडौँ । वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) ७० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दैछ ।
निक्षेप सङ्कलन उपकरण अन्तर्गत बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् । न्यूनतम १० करोडदेखि अधिकतम ५ करोडको गुणन फल हुने गरी बोलकबोल गर्न सकिनेछ ।
सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ । निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८२ असोज १२ गते हुनेछ । हाल कुल निक्षेप ७२ खर्ब नाघेको छ । राष्ट्र बैङ्कले बजार ब्याजदर स्थिर राख्न दीर्घकालीन निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत पटक पटक तरलता व्यवस्थापन गर्दै आएको छ ।
प्रतिक्रिया