उदयपुर । उदयपुरमा दशैँका तयारीका क्रममा माटो खन्ने क्रममा ढिस्कोमा पुरिँदा एक महिलाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतक उदयपुरको त्रियुगा नगरपालिका–३ चाँप बगरटोलकी २४ वर्षीया रमिला राई हुन्। शनिबार बिहान घर लिपपोतका लागि माटो लिन स्थानीय गेरुवाई खोलातिर गएकी उनलाई माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा पुरिएको थियो।
प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार रमिला राई शंकर राईकी पत्नी हुन्। उनी माटो खन्ने क्रममा ठूलाे ढिस्को खस्दा पुरिएर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया