इलाम : कात्तिक महिना लागेपछि मात्र टिपिने किबी असोज लाग्दा प्राय किसानले टिपिसकेका छन् । टिप्न मात्र त के स्थानीय व्यापारीले किसानले फलाएको किबी भारतका बजारमा धमाधम पु¥याइरहेका छन् ।
नपाकेको अर्थात् अपरिपक्व किबी किसानहरुबाट व्यापारीले धमाधम उठाइरहेका छन् । अपरिपक्व किबी खाँदा अमिलो हुन्छ । अमिलो किबी अचार बनाउन भन्दै इलाम भारत सीमा पशुपतीनगबाट भारतका बजारमा पु¥याउन थालिएको छ ।
बढी किबी उत्पादन भएर गाउँको नाम नै किबी बस्ती राखिएको सन्दकपुर गाउँपालिका ३ तालगाउँका प्राय किसानहरूले अमिलो किबी टिपेर बिक्री गरिरहेका छन् । इलाम सन्दकपुर गाउँपालिका ३ तालगाउँमा करिब ५० घर खतिवडा परिवारको बस्ती छ । अन्य केही घर समेत छन् । सो बस्तीमा सबै घरमा किबी रोपिएको छ । कसैले व्यावसायिक त केही घरमा घरमा खानका लागि मात्र केही बोट मात्र भए पछि किबी लगाइएको छ । तर केही घर किसानदेखि बाहेक धेरै किसानहरूले यही सिजनमा किबी बिक्री गरिसकेका छन् ।
पाकेपछिको मूल्य भन्दा आधा मूल्यमा किसानले किबी बिक्री गरिरहेका छन् । पाकेपछि एक सय पचास देखी दुई सय पचाससम्म प्रतिकिलो बिक्री हुने किबी घरबाट नै व्यापारीले प्रतिकिलो सत्तरी रुपैयाँले बिक्री गरिरहेका छन् ।
पाक्न समय लाग्ने सो समयसम्म पनि बजारको सुनिश्चित नभएकाले काँचै किबी बेच्नु परिरहेको किसान यादव खतिवडाले बताए । उनले भने, “पर्खिँदा पनि बोटमा जनावरले खाएर सक्छ, बरु अहिले नै बेचिदिएको ।” उनले मात्र हैन कोषराज खतिवडाले पनि भएको हरियो किबी बिक्री गरिसकेको बताए ।
यो सिजन रेड किबी र गोल्डेन किबी टिप्ने समय हो तर घरघरमा आएर व्यापारीले किसानहरूबाट ग्रिन (हरियो किबी) नै उठाइरहेको किसान डिल्लीराम खतिवडाको भनाई छ ।
भारतका बजारमा किबीको अचारलाई उच्च गुणस्तरको मानिने भएकाले पनि भारतका व्यापारी नेपालबाट किबी खरिद गरिरहेका छन् । कात्तिक महिना लागेपछि मात्र टिपिने किबी असोज नलाग्दै प्राय किसानले टिपिसकेका छन् । कात्तिकमा टिपिने किबी असोज नलाग्दै टिपेर सकिएको छ । फल पाक्नुभन्दा दुई महिना अघि नै बोट रित्तिएको छ ।
यही सिजनमा किबी बिक्री हुँदा किसानहरूले दसैँ खर्च गर्न पाइएको भन्दै खुसी व्यक्त गरेका छन् । किबीको खास बजार नभएकाले पनि किसानले हतार गरेर किबी बिक्री गरिरहेका छन् ।
तर काँचो किबी सिजनभन्दा आधा मूल्यमा बिक्री भएपछि व्यावसायिक किबी खेती गर्ने किसानहरू चिन्तित छन् । अहिले नबेच्दा पनि पछि नबिक्ने डरले पनि किसानले यही सिजनमा किबी बिक्री गरिरहेका छन् ।
हाल बेचिएको किबी पछि यही बजारमा आउने हो कि भनेर केही किसान चिन्तित छन् । यस सिजनमा टिपिएको किबी अमिलो हुने भएकाले पनि केही वर्ष अघि कृषि ज्ञान केन्द्र र सरोकारवालाले काँचो किबी नटिप्न सचेत गराएका थिए । किबीको स्वादमा नमिठो भए वा गुणस्तर खच्किए आगामी वर्षहरूमा समेत किबीको बजारमा समस्या पर्ने किसान भोला खतिवडाको भनाई छ ।
अचारकै लागि भए ठिकै भए पनि पछि नेपालकै बजारमा फिर्ता भएर आएमा समस्या हुने सरोकारवालाको भनाई छ । किसानले बेचेको किबी भारतमा अचारमा नै प्रयोग हुने स्थानीय व्यापारी ठाकुर खतिवडाको भनाई छ । हाल किसानले उत्पादन गरेको सबै किबी आफूहरूले घरमा नै गएर खरिद गर्ने उहाँको भनाई छ । पछि बजार खोज्न किसानहरू भौँतारिनु नपर्ने भएकाले पनि किसानको सहजताका लागि घरघरबाट किबी खरिद गर्ने गरिएको उनी बताउछन् ।
नेपालमा विभिन्न जातका किबी पाइन्छन् । हरियो किबी मात्र नभएर पछिल्लो समय गोल्डेन किबी समेत किसानले उत्पादन गर्न थालेका छन् । गोल्डेन किबीको पाकने सिजन यही हो । यो किबी खाँदा अन्य किबी भन्दा गुलियो हुने गरेको छ । तर यो किबी कम समयसम्म टिक्ने गरेको छ ।
सन्दकपुर गाउँपालिका–३ इलामको तालगाउँ लगायत इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिकामा यसको बडी खेती हुने गरेको छ । सबै पालिकामा खेती भए पनि ती स्थानहरूमा बडी खेती र उत्पादन हुने गरेको हो ।
इलाममा करिब कुल आठ सय ९० हेक्टर क्षेत्रफलमा किबी खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले जानकारी दिए । उनका अनुसार गएको वर्ष तीन हजार नौ सय ७३ दशमलव ७५ (३९७३.७५) मेट्रिक टन किबी उत्पादन भएको थियो । यो तथ्याङ्क आर्थिक वर्ष ०८१।०८२ को हो । किबीको उत्पादन वार्षिक रूपमा बढ्दो छ । आर्थिक वर्ष ०८०।०२१ मा तीन हजार सात सय ७८ दशमलव ८ (३७७८.८) मेट्रिक टन किबी उत्पादन भएको थियो । जिल्लामा हाल आठ सय ९० हेक्टरमा यसको खेती भइरहेको छ । विभिन्न जातका किबी मध्ये कुन प्रजातिको कति उत्पादन हुन्छ भन्ने तथ्याङ्क कार्यालयमा नरहेको उनको भनाई छ ।
रेड किवीसँगै गोल्डेन किबी समेत यसै सिजनमा उत्पादन हुन्छ । अन्य किबी भने कात्तिक महिनामा मात्र टिप्ने गरिन्छ । अन्य किबी यो समयमा अमिलो हुने हुँदा टिप्न नमिल्ने किसानहरूको भनाई छ । केही किसानहरूले यही सिजनमा अचारका लागि भने किबी टिप्ने गरेको बताइएको छ ।
प्रतिक्रिया