नवनियुक्त सञ्चारमन्त्री खरेलले कर्मचारीले ल्याएको निर्णयमा हस्ताक्षर गरेनन्

सोमबार, ०६ असोज २०८२

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । 
आज शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर खनालले पदभार ग्रहण गरेका हुन् ।
आफ्ना बुबा सिद्धिप्रसाद खरेलसहित मन्त्रालय पुगेका उनले पत्रकारहरुलाई आफ्नो बुबाको परिचय गराएका थिए । पत्रकारहरुसँग उनले छोराले राम्रो काम गर्नुपर्ने सुझाव दिए । 
पदभार ग्रहणपछि उनले कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गरेनन् । उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार