झलनाथ खनालकी पत्नी रविलक्ष्मीलाई थप उपचारका लागि भारत लगिने

सोमबार, ०६ असोज २०८२

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।

जेनेरेशन–जेड आन्दोलनका क्रममा प्रदर्शनकारीले घरमा आगजनी गर्दा गम्भीर घाइते भएकी चित्रकार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत थिइन्। ज्वरो र निमोनिया देखिएपछि उनलाई नयाँदिल्लीस्थित एपोलो अस्पतालमा स्थानान्तरण गर्ने तयारी भएको हो।

चित्रकारको यसअघि नै संक्रमण फैलन थालेपछि बायाँ हात काटिएको थियो। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थालाई अझै जटिल मान्दै निरन्तर निगरानीमा राखिरहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार