काठमाडौँ । एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन भएको छ ।
तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मङ्गलवार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।
चितवन मेघौलीमा जन्मिएकी सीताले एउटै खुट्टाले नाचेर आफ्नो छुट्टै परिचय बनाएकी थिइन् ।
उनले १२ वर्षको उमेरमा बोनम्यारो क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन् । उनकी एक छोरी छिन् । अन्त्येष्टिका लागि परिवार चितवनबाट काठमाडौँ आउँदैछन् ।
प्रतिक्रिया