झापामा धारिलो हतियार प्रहार गरी युवकको हत्या

मंगलबार, ०७ असोज २०८२
साङ्केतिक तस्बिर

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा धारिलो हतियार प्रहारबाट एक युवकको हत्या भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका करिब ३५–३६ वर्षीय फुर्बा तामाङ रहेका छन्। उनलाई मंगलबार बिहान आफ्नै घरमा धारिलो हतियार प्रहार गरिएको र घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटनामा संलग्न भएको आशंकामा सोही स्थानका २७–२८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलबाट खुकुरी र बसिला बरामद गरिएको छ।

प्रहरीका अनुसार थप अनुसन्धान र कानुनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको कमाण्डमा टोली खटाइएको छ। कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

हत्या किन र कसरी भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार