प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन: बाबुराम भट्टराई

विहीबार, ०९ असोज २०८२

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता नहुने बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनका बोल्दै उनले राजनीतिक लोकतान्त्रिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका हुन् । 

देशमा स्थिरता नभएसम्म सुशासन र समृद्धि नहुने भन्दै भने, ‘लोकतान्त्रिक स्थिरताको निम्ति शासकीय प्रणालीमा समय अनुसार सुधार गर्नुपर्छ । त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै हो । प्रधानमन्त्री भन्ने बहस पनि छ तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन,’उनले भने, ‘नत्र यिनै भ्रष्ट्रहरु विभिन्न ढङ्गले चलखेल गरी फेरी सत्तामा आउने र तपाईँहरूको बलिदान खेर जाने खतरा रहन्छ ।’ 

डा. भट्टराईले निर्वाचन गर्नु पूर्व नै व्यवस्थामा केही सुधार हुनुपर्ने भन्दै निर्वाचन प्रणालीमा नै त्रुटि रहेको धारणा राखे । 

‘अहिले हामीले व्यवस्था नै बदल्न खोजेको त हैन तर व्यवस्थामा केही महत्वपूर्ण सुधार गरेर जुन यस्ता भ्रष्ट्रहरु त्यहाँबाट जन्मिए फेरी भ्रष्ट्रहरु जन्मन नपाउन् र तपाईँहरू आफै त्यो सत्ताले भ्रष्ट नपाओस् भन्नको निम्त केही सुधार गरेर मात्र निर्वाचनमा जानुपर्छ,’उनले थप अगाडि भने, ‘खास गरी निर्वाचन प्रणालीका जुन त्रुटि छ मैले संविधान बनाउने बेला यो संविधान आधा गिलास भरी, आधि खाली छ भनेको थिएँ । किनकि यसको शासकीय त्रुटि छ त्यसले गर्दा कसैलाई बहुमत ल्याउन दिँदैन । कुनै पनि सरकार पाँच वर्ष टिक्न दिँदैन ।’

उनले सरकारसँग वार्ता गरेर निर्वाचन हुनु अगाडि नै भ्रष्ट्रचारीहरुलाई कारबाही गर्न छानबिन आयोग बनाउनुपर्ने बताए ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार