नेताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने चलखेल हुँदैछ -अध्यक्ष प्रचण्ड

विहीबार, ०९ असोज २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जेनजी आन्दोलन’ पछि गैरदलीय सरकार बने पनि लोकतान्त्रिक उपलब्धिमाथिको खतरा कायम रहेको चेतावनी दिएका छन्।

बिहीबार राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउन विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, र लोकतान्त्रिक राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउनेजस्ता प्रयास भइरहेको उनकाे आरोप छ ।

अध्यक्ष प्रचण्डले भने, “विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउने खाेज्नेजस्ता चलखेलहरू बाँकी नै रहेका छन्।”

पार्टीका नेता तथा कार्यकर्ताहरूलाई यस्ता चलखेलप्रति सचेत रहन र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट हुन उनले आग्रह गरेका छन्। लोकतान्त्रिक देशभक्त शक्तिहरुसँग कार्यगत एकता र सहकार्य गर्ने गरी नयाँ ऐतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार