तनहुँ-१ उपनिर्वाचन: रास्वपाका वाग्लेको ल्याए १० हजारभन्दा बढी मत

सोमबार, ११ बैशाख २०८०
दमौली । तनहुँ-१ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ । सोमबार बिहान १० बजेसम्मको मतपरिणामअनुसार वाग्लेले १० हजार २५९ मत प्राप्त गरिसकेका छन्। यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७५९ मत ल्याएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म त्यहाँ १३ वटा वडाको मतगणना भइसकेको छ। तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। जारी मतगणनामा अहिलेसम्म अहिलेसम्म त्यहाँ १३ वटा वडाको १८ हजार ६६१ मतगणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार