मनसुन बाहिरिँनै लाग्दा आएको अपिरल वर्षाका कारण कोशी प्रदेशको इलाम जिल्लामा ठूलो जनधनको क्षति भयो । अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोले जिल्लालाई विनाशको अवस्थामा पु¥याएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार इलाम तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासनका तथ्यांकअनुसार ३९ जनाको ज्यान गएको छ भने ७० घरपरिवार विस्थापित भएका छन् । अझै पनि धेरै घाइतेको उपचार जारी छ र केही व्यक्तिहरू बेपत्ता छन् ।
बाढी–पहिरोले मेची राजमार्गका प्रमुख खण्डहरु अवरुद्ध हुँदा यात्रु र स्थानीयको सुरक्षा चुनौतीपूर्ण बनेको छ । बिजुली सेवा समेत अवरुद्ध रहँदा जनजीवन थप कठिन बनाउँदा जनताले संकटको समाना गर्नुपरेको छ ।
जनताले व्यक्तिगत सुरक्षा र जीवनरक्षामा ध्यान दिनु आवश्यक छ । पहिरो आउने जोखिम भएका स्थानमा नबस्नु, पानीको बहावमा नपर्नु र सुरक्षित उच्च स्थानमा शरण लिनु महत्वपूर्ण छ । विस्थापित परिवारको अवस्था अनुगमन गर्न स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्नु आवश्यक छ ।
राहत सामग्री वितरण, प्राथमिक स्वास्थ्य सेवा र आवागमनमा सहयोगका लागि स्थानीय स्वयंसेवी संस्था, गाउँ–सडक समिति र प्रहरी÷सैनिकको सक्रियता अपरिहार्य छ । साथै, बजारमा आवश्यक सामग्रीको उपलब्धता र मूल्य स्थिर राख्न स्थानीय प्रशासनले निगरानी गर्नुपर्छ ।
समग्रमा, इलाममा देखिएको विनाशले देशभरका अन्य पहाडी जिल्लालाई पनि प्रकृति आधारित जोखिमको चेतावनी दिएको छ । तत्काल राहत वितरण, विस्थापितहरूको सुरक्षाको व्यवस्था र बगिएका पुल–सडकको पुनर्निर्माण अपरिहार्य छ । दीर्घकालीन रुपमा, पहिरो–बाढी जोखिमको मूल्याङ्कन गर्दै संरचनात्मक तयारी, आपतकालीन योजना र समुदायमा सचेतना कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।
प्रतिक्रिया