सिरहामा बस्ती नजिक अवैध उत्खनन्, मेयर र ठेकेदारबीच मिलेमतो भएको आशंका

विहीबार, ३० असोज २०८२

सिरहा । गोलबजार नगरपालिका–७ कदिमा टोलदेखि मास्तिर घुर्मी नदी किनारमा अवैध रुपमा भारी मात्रामा उत्खनन् गरी माटो, गिटी र बालुवा निकाल्नेक्रम धमाधम भइरहेको छ । यो उत्खनन्का लागि वातावरणीय प्रभाव मूल्यांकन पनि गरिएको पाइएको छैन् ।

स्थानीय नगरपालिकासँग नियमानुसार इजाजत पनि लिइएको छैन् । सरकारले प्राप्त गर्नुपर्ने कर पनि छली गरिएको पाइएको छ । उत्खनन् मात्रा अत्यधिक भएको र वरपर गाउँ बस्ती भएकोले भोलिका दिनमा पहिरो गएर मानव बस्तीमा विनासकारी परिणाम निम्तिन सक्ने स्थानीयहरुले बताए ।

एटलस इन्जिनियरिङ्ग कन्सलटेन्सी र पवित्र निर्माण सेवा काठमाडौंले ज्वाइन्ट भेन्चरमा सडक निर्माणको ठेक्का लिएको छ । गोलबजार नगरपालिका वडा नं. १० अशोक गाछीदेखि कदिमा टोल, भाईजी टोल हुँदै देवीपुरसम्मको सडक निर्माण गर्न करिव १२ करोडमा ठेक्का पाएको यस कम्पनीहरुले बिना इजाजत, बिना वातावरणीय प्रभाव मूल्यांकन र कर छलेर माटो, गिटी तथा बालुवा उत्खनन् गरेर सडकमा हालिरहेका छन् । यी दुई कम्पनीले उत्खनन् गरे वापत तिर्नुपर्ने ५० लाख भन्दा अधिक राजस्व छलेको स्थानीयहरुले बताएका छन् ।

उत्खनन् प्रसङ्गमामा ठेकेदारले स्थानीय माओवादीका नेता तथा कार्यकर्ताहरुलाई हात लिएर उनीहरुको सहयोगमा अवैध उत्खनन् गरिरहेको बुझिएको छ ।

ठेकेदारले गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठलाई प्रभावमा पारेर बिना इजाजत उत्खनन् गराइरहेको बताइन्छ ।

 नाम उल्लेख नगर्ने शर्तमा स्थानीय एक बासिन्दाले भने आफ्नै वडामा कर नतिरी अवैध रुपमा बिना इजाजत गरिरहेको मेयर श्रेष्ठले टुलुटुलु हेरेर बस्ने कुरै आउदैन । उनले ठेकेदारबाट ठूलो रकम बुझिलिएका छन् । ती स्थानीयले भने ठेकेदारले स्थानीय प्रहरी र प्रशासन सबै मिलाएको छ । उत्खनन्बाट पीडित स्थानीयहरुले गृहमन्त्री ओम प्रकाश अर्याल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

यस विषयमा मेयर श्रेष्ठसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । तर गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार पोखरेलसँग बुझ्दा उनले भने उत्खनन् विषयमा आफूलाई केही थाहा नभएको र अब सोधीखोजी गर्छु भन्ने जवाफ दिएका थिए । 

त्यसैगरी सिरहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसँग यस विषयमा जिज्ञाशा राख्दा उनले भने आफूले यस विषयमा प्रहरीलाई(एसपी) आदेश दिएको बताए । ‘के भएको रहेछ र रोक्नका लागि के कदम चालियो त्यसबारे म पुन ताकेता गर्छु,’उनले भने ।

कम्पनीका आधिकारिक व्यक्तिको प्राप्त मोवाइल नं मा सम्पर्क गर्दा स्विच अफ रहेको पाइयो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार