झापा : करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा एक व्यक्तिको मृत्यु भएको छ ।
कचनकवल गाउँपालिका – २ निवासी ४९ वर्षीय लोकबहादुर गाइनेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय अमलखुट्टा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई आज करेन्ट लागेको बताइएको छ ।
माछा मार्ने क्रममा यस अघि पनि असोज ३० गते करेन्ट लागेर मेचीनगर १५ निवासी ४२ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको थियो । टिमाई नहरमा करेन्ट लागेर माछा मार्दा लिम्बूको मृत्यु भएको थियो ।
प्रतिक्रिया