रेलमा चक्कु प्रहार, नौ जना गम्भीर घाइते

आइतबार, १६ कार्तिक २०८२

काठमाडौँ । बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु प्रहार हुँदा नौ जना गम्भीर घाइते भएका छन् ।

डोनकास्टरबाट किंग्स क्रस जाँदै गरेको रेलमा भएको आक्रमणपछि १० जनालाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ, जसमध्ये नौ जनाको अवस्था गम्भीर छ ।

प्रहरीले यसलाई ठूलो घटना भन्दै आतङ्कवादी घटनासँग जोडेर अनुसन्धान गरिरहेको बताएको बिबिसीले उल्लेख गरेको छ ।

यो घटनापछि यस क्षेत्रमा रेल सेवाहरू निलम्बन गरिएको छ र अर्को सूचना नभएसम्म सडकहरू बन्द रहने जानकारी दिइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार