प्रधान सेनापतिद्वारा विष्ट र खड्कालाई दर्ज्यानी चिन्ह

आइतबार, १६ कार्तिक २०८२

सुनसरी : आज जङ्गी अड्डा, काठमाडौँमा आयोजित कार्यक्रममार्फत प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

प्रधान सेनापति सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मत बहादुर विष्ट र सहायक रथी विष्णु कुमार खड्कालाई अड्डामा आयोजित एक कार्यक्रमबिच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन।

WhatsApp Image 2025-11-02 at 3.09.27 PM (1)

सो अवसरमा प्रधान सेनापतिले महासेनानी दर्जामा पदोन्नति भएका पाँचजना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त समारोह कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार