काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गतेका प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औं महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले निर्वाचनअघि नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन्।
थापाले भने,‘निर्वाचन अगाडि पार्टीको महाधिवेशन हुनै पर्छ । नियमित महाधिवेशन गर्नुपर्छ भन्ने मेरो भनाइ हो, यदि नियमित महाधिवेशन हुन सक्दैन भने विशेष भए पनि गरौँ ।’
प्रतिक्रिया