विराटनगर : अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रको मूल आत्मा संसद् रहेको उल्लेख गरेका छन् । विराटनगरमा विराट ट्रेड एक्स्पो, २०२५’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले संसद् बिना कानुन निर्माण गर्ने सोच लोकतान्त्रिक प्रणालीसँग मेल नखाने स्पष्ट पारेका हुन् ।
अर्थमन्त्री खनालले वर्तमान सरकारसँग असीमित जनादेश नरहेको स्पष्ट पार्दै अध्यादेशको सहारामा शासन चलाउने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक अभ्यास भएको समेत वताएका छन् । जनप्रतिनिधिको छलफल, बहस र सहमतिबाट बनेका कानुन मात्र दीर्घकालीन र स्वीकार्य हुने अर्थ मन्त्री खनालको भनाई रहेको थियो ।
मोरङ उद्योग व्यापार संघले विराटनगरमा बुधबारबाट आयोजना गरेको ‘विराट ट्रेड एक्स्पो, २०२५’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संसद् बिना कानुन निर्माण गर्ने सोच लोकतान्त्रिक प्रणालीसँग मेल नखाने स्पष्ट धारणा सार्वजनिक गरेका हुन् । अर्थमन्त्री खनालले लोकतन्त्रको मूल आत्मा संसद् रहेको उल्लेख गर्दै जनप्रतिनिधिको छलफल, बहस र सहमतिबाट बनेका कानुन मात्र दीर्घकालीन र स्वीकार्य हुने बताए ।
मन्त्री खनालले राजनीतिक सीमितता र संस्थागत कमजोरीका बाबजुद पनि सरकारले निजी क्षेत्रको मनोबल उठाउने दिशामा जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए । लामो समयदेखि आर्थिक मन्दी, लगानी सुस्तता र बजारको अन्योल झेल्दै आएको निजी क्षेत्रले कठिन परिस्थितिमा पनि धैर्य नछोडी पुनरुत्थानको प्रयास गरिरहेको भन्दै खनालले त्यसको खुलेर प्रशंसा गरे । निजी क्षेत्र आफैं सक्रिय भएर अघि बढ्न खोज्नु अर्थतन्त्रका लागि सकारात्मक संकेत भएको रहेको समेत मन्त्री खनालको भनाई रहेको थियो ।
‘यो सरकारलाई असीमित म्याण्डेट छैन,’ उनले भने, ‘संसद् नचलेको अवस्थामा कानुन बनाउनु हुँदैन भन्ने मेरो लोकतान्त्रिक विश्वास हो । अध्यादेशको आधारमा शासन चलाउने अभ्यास न राम्रो हो, न त यसले लोकतन्त्रलाई बलियो बनाउँछ ।’ मन्त्री खनालले थपे ।
मन्त्री खनालले पुर्वी नेपाल पर्यटनका लागि उर्वर रहेको समेत वताउदै ‘मैले यस क्षेत्रका सबै १६ जिल्ला पैदल नै घुमेको छु,’ उनले भने, ‘त्यो अनुभवका आधारमा म निश्चिन्त भएर भन्न सक्छु, पूर्वी नेपाल पर्यटन विकासको ठूलो सम्भावना बोकेको क्षेत्र हो ।’ भने ।
प्रतिक्रिया