विराटनगरबाट खैरो हेरोइनसहित पक्राउ

बुधबार, १३ बैशाख २०८०
  विराटनगर / सशस्त्र प्रहरीले विराटनगरबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको  छ । विराटनगर महानगरपालिका–१६ दरैयाबाट मोरङको ग्रामथान गाउँपालिका–१ लखन्तरीका २४ वर्षीय उदितनारायण माझी पक्राउ परेका हुन् । भारतबाट नेपालतिर आउँदै गरेको प्रदेश १–०४–००१ प ३६२८ नम्बरको मोटरसाइकललाई शंका लागेपछि सशस्त्रले नियन्त्रणमा लिएर दिउँसो ३ः१० बजेतिर खानतलासी गर्दा चालकको साथमा खैरो हेरोइन भेटिएको थियो ।   कोसी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले मोटरसाइकल चालक माझीका साथबाट ६.७४ ग्राम खैरो हेरोइन बरामद भएको जानकारी दिए । उनका अनुसार माझीले भारतमा खरिद गरेर खैरो हेरोइन ल्याएको पाइएको छ । माझीसहित उनले चलाएको मोटरसाइकलाई नियन्त्रणमा लिएर सशस्त्रले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । माझीका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान अघि बढाएको छ । -साँकेतिक तस्विर

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार