बसको ठक्करबाट सुनसरीमा भारतीय बालिकाको मृत्यु

विहीबार, १४ बैशाख २०८०
विराटनगर । सुनसरीमा बसले ठक्कर दिँदा बुधबार दिउँसो पैदलयात्रा गरिरहेकी १ जना भारतीय बालिकाको मृत्यु भएको छ । कोसी गाउँपालिका–८ स्थित कोसी ब्यारेजमा को१ख ७८९४ नम्बरको बसले दिउँसो १२ः२० बजेतिर बालिकालाई ठक्कर दिँदा दुर्घटना भएको हो । ठक्करबाट भारतको सुपौल भीमनगर पञ्चायत–४ का सञ्जयकुमार मण्डलकी ७ वर्षीया छोरी सोनमकुमारी मण्डलको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए । टाउकोमा चोट लागेर अवस्था गम्भीर बनेकी बालिकालाई उपचारका लागि भारतकै भीमनगर बसन्तपुर स्वास्थ्य चौकी लगिएको थियो । चिकित्सकले उनलाई दिउँसो १ बजेतिर मृत घोषित गरेका हुन् । बस र चालक झापाको मेचीनगर नगरपालिका–१५ का ४२ वर्षीय अनुज राजवंशीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार