लडेर भोजपुर र इलाममा २ जनाको मृत्यु

विहीबार, १४ बैशाख २०८०
विराटनगर । गाईलाई घाँस काट्ने क्रममा रुख एवं भीरबाट लडेर भोजपुर र इलाममा २ जनाको मृत्यु भएको छ । भोजपुरको पौवादुङ्मा र इलामको सूर्योदयमा घटना भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गाईलाई घाँस काट्ने क्रममा टाँकीको रुखबाट लडेर पौवादुङ्वा गाउँपालिका–३ का ५५ वर्षीय शालीग्राम मुङमेनको मृत्यु भएको हो । घरदेखि ५० मिटर टाढा छिमेकी दाजु सुरेन्द्र राईको खरबारीमा रहेको टाँकीको रुखमा घाँस काट्न चढेका मुङमेनको लडेर बिहीबार बिहान ९ः३० बजेतिर मत्यु भएको प्रहरीले जनाएको छ । घाँस काट्दै गर्दा एक्कासि रुखबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै, भीरबाट लडेर इलामको सूर्योदय नगरपालिका–५ का ३१ वर्षीय मानबहादुर लेप्चाको मृत्यु भएको छ । घरनजिकको जंगलमा घाँस काट्न गएका बेला बुधबार साँझ ६ बजेतिर भीरबाट लडेर लेप्चा गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार उनलाई उद्धार गरेर उपचारका लागि झापाको बिर्तामोडस्थित बिर्तासीटी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा बिहीबार बिहान ९ः४३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै घटनाको अनुसन्धान सुरू गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार