श्रीमतीलाई खुकुरी प्रहार गरेपछि झुण्डिएर आत्महत्या

शुक्रबार, १५ बैशाख २०८०
इटहरी । श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएर पाँचथरका एक पुरुषले आत्महत्या गरेका छन् । पाँचथरको फालेलुङ गाउँपालिका ६ दबाई पानी बस्ने ५६ वर्षीय शान्तकुमार राई र श्रीमती ५० वर्षीया बिमरानी राईबीच घरायसी बिबाद भएको थियो । प्रहरीका अनुसार त्यस क्रममा शान्तकुमारले श्रीमतीलाई खुकुरीले टाउकामा प्रहार गरेका थिए । उनलाई उपचारका लागि झापातर्फ पठाइएको थियो । शान्तकुमार घर आगाडि रहेको टोटलाको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार