विराटनगर । मोरङको लेटाङबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित एक जना युवक पक्राउ परेका छन् ।
लेटाङ नगरपालिका–५ खेरुवा घर भएका २४ वर्षीय धीरज न्यौपानेलाई बिहीबार बिहानका राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । खेरुवा कुपटोलमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट असई अशोककुमार मेहताको नेतृत्वमा खटिएको टोलीले न्यौपानेलाई पक्राउ गरेको हो ।
प्रहरीका अनु्सार घरअगाडिको बाटोदेखि पक्राउ परेका न्यौपानेको साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) ९ ग्राम बरामद भएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर सागर साह नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया