मोरङमा माटो झार्ने क्रममा करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु

शुक्रबार, ०४ पुस २०८२

विराटनगर । मोरङमा टिपरबाट माटो झार्ने क्रममा करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु भएको छ। शुक्रबार अपरान्ह  ग्राथमान गाउँपालिका–१ स्थित सरस्वती स्कुल पछाडि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार को १ ख ५०४९ नम्बरको टिपरबाट माटो झार्ने क्रममा बिहान करिब १० बजे दुर्घटना भएको थियो। माटो झार्ने क्रममा टिपरको हाइड्रोलिक ११ हजार भोल्टको विद्युत लाइनको तारमा छोइँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर टिपरका सहचालक मोरङको बुढीगंगा गाउँपालिका–१ का २२ वर्षीय श्याम ऋषिदेव गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा अपरान्ह १२ः३० बजे चिकित्सकले मृत घोषित गरेका हुन्।

टिपर चालक सुनसरीको दुहबी नगरपालिका–७ का ४५ वर्षीय भोजकुमार चौधरी सकुशल रहेको प्रहरीले जनाएको छ। घाइते सहचालकको उपचारमा चालक आफैं संलग्न भएका थिए। प्रहरीले टिपरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार