मोरङमा पिकअप दुर्घटनामा २ जनाकाे मृत्युु

बुधबार, २० बैशाख २०८०
विराटनगर । माेरङको लेटाङ नगरपालिका-७ भिरिङखामा बुधबार साँझ पिकअप गाडी दुर्घटना हुँदा चालकसहित २ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा ज्यान गुमाउनेमा एक जना वृद्ध पुरुष रहेका छन् । दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् । घाइतेकाे धरानमा उपचार भइरहेकाे छ । भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १-०२-००१ ज ३९५३ नम्बरकाे पिकअप दुर्घटनामा परेकाे जानकारी साँझ ५:३० बजेतिर प्राप्त भएकाे प्रहरीले जनाएकाे छ । माेरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार दुर्घटनामा माेरङकाे पथरीशनिश्चरे नगरपालिका घर भएका सवारी चालक ३० वर्षीय मनाेज दियाली (बिक) र पिकअपमा सवार लेटाङ-३ का ७४ वर्षीय जीवन श्रेष्ठकाे मृत्यु भएकाे बताईएको छ । गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ८:१० बजेतिर मृत्युु भएको निरीक्षक श्रेष्ठले बताए । दुर्घटनामा लेटाङ-६ का अन्दाजी ५५ वर्षीय रुद्र लम्साल गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार