पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । दिउँसो २ बजे प्रदेश सभा बैठकमा पाण्डेले विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने र सामान्य छलफलपछि निर्णायार्थ प्रस्तुत हुनेछ ।
पाण्डे माओवादी र एकीकृत समाजवादी सहित ३५ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त उनले १५ गते शपथ सहित कार्यभार सम्हालेका छन् ।
गण्डकीमा ३ सदस्यीय मन्त्रिमण्डल छ । कांग्रेसबाट सरस्वती अर्याल र माओवादीबाट सुशीला सिंखडा मन्त्री बनिसकेकी छिन् । ७ सदस्यीय मन्त्रीपरिषद् रहेको यहाँ बाँकी मन्त्रीहरूको नियुक्ति विश्वासको मत पछि हुने छ ।
माओवादीले कम्तीमा ३ मन्त्रालयको दाबी गरेको छ । एकीकृत समाजवादीले पनि मन्त्री छोड्ने सम्भावना छैन । तर कांग्रेसले ५ मन्त्रालय आफू राखेर २ मन्त्रालय माओवादीलाई दिन खोजेको बुझिन्छ ।
मन्त्रालयको दलगत भागबण्डाबारे पनि छलफल अघि बढेको छैन । मुख्यमन्त्री पाण्डेले सबै राजनीतिक दलका नेताहरूलाई पत्र लेखेर विश्वासको मत मागिसकेका छन् ।
प्रतिक्रिया