अवैध गहनासहित विराटनगरबाट तीनजना पक्राउ

शनिबार, २३ बैशाख २०८०
विराटनगर । विराटनगरबाट भारततर्फ लैजाँदै गरेको अवैध सुन–चाँदीका गहना र भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । विराटनगर–१५ बाट प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो । भारतको बिहार कटिहारका ६१ वर्षीय विनोदकुमार मुरारका, उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारका र ई–भेन चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामतलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनीहरुको साथबाट ५४ तोल सुन र ८ केजी चाँदीको बिस्कुट, तयारी अवस्थाका विभिन्न गहना र सात लाख ९५ हजार २८९ भारतीय रुपैयाँ बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । विराटनगरबाट भारतीय सीमा क्षेत्रतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको ई–भेन शंका लागेर प्रहरीले जाँच गरेको थियो । बरामद भएका सामग्री करिब ९० लाख रुपैयाँ बराबरको रहेको प्रहरीले बताएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार