नामकरणविरुद्धको आन्दोलन फेरि चर्कँदै, दमकमा झडप

बुधबार, २७ बैशाख २०८०
इटहरी । कोशी प्रदेश नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचानवादीहरूको समूहले फेरि आन्दोलन चर्काएका छन् । मंगलबार राति झापाको दमकमा उनीहरूले मसाल जुलुस निकालेका थिए । जुलुसमा सहभागी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले केही राउन्ड हवाइ फाइर समेत गरेको थियो । झडपमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामासहित सुरक्षाकर्मीतर्फ १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । केही संख्यामा प्रदर्शनकारीहरु पनि घाइते भएको जनाइएको छ । दिक्षा क्षेत्री, गजेन्द्र फागोलगायत प्रदर्शनकारी घाइते भएका हुन् । दमकको पश्चिम बस स्ट्याण्डबाट गणतन्त्र चोकतर्फ ठूलो संख्यामा प्रदर्शनकारीहरू मसालसहित सडकमा निस्किएका थिए । सुरक्षाकर्मीले प्रदर्शनकारीहरूले बोकेको मसाल खोस्न खोज्दा झडप भएको थियो । झडपका क्रममा आन्दोलनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगा, लाठी प्रहार गरेका थिए । सुरक्षाकर्मीले हवाइफायर गर्नुका साथै केही सेल अश्रुग्याँस प्रहार गरेर भीडलाई तितरवितर बनाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार