तेह्रथुमको छथरमा भएको आगलागीमा आमाछोराको मृत्यु

विहीबार, २८ बैशाख २०८०
विराटनगर । तेह्रथमुको छथर गाउँपालिका ३ पञ्चकन्यामा बिहीबार भएको आगलागमिा आमाछोराको मृत्यु भएको छ । ५० वर्षीया दिलकुमारी भुजेल र उनका १४ वर्षीय छोरा भूपेन्द्रको मुत्यु भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा ६० वर्षीय देवेन्द्र नेवार, १७ वर्षीय प्रकाश तामाङ, १६ वर्षीय युवराज श्रेष्ठ र १५ वर्षीय ओम श्रेष्ठ घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय छथर अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । स्थानीय गढी सल्लेरी सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किँदा मानवीय क्षति भएको हो । आगलागीमा परी पूर्ववडाध्यक्ष तुलसीजंग थापाको घर र ग्वाली जलेको छ । घरभन्दा केही तल रहेको बारीमा काम गर्दै गरेका आमाछोराको भाग्ने क्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार