स्रोत नखुलेको साढे ४ लाखभन्दा बढी रकमसहित पक्राउ

सोमबार, ०१ जेठ २०८०
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूहले विराटनगर ११ पाञ्चाली मोडबाट स्रोत नखुेको रकमसहित एकजनालाई पक्राउ गरेको छ । बीआर ३३ जेड ९७९६ भारतीय नम्बरको मोटरसाइकलमा सवार विराटनगर १५ का ४३ वर्षीय अनिल यादवलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथमा स्रोत नखुलेको ४ लाख ६२ हजार ५०० नेपाली रुपैयाँ फेला परेको थियो । नगदसहित यादवलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार