मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

सोमबार, ०१ जेठ २०८०
विराटनगर । मोरङका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने समूहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा मोरङको कटहरी ६ का १९ वर्षीय प्रकाश सरदार, धनपालथान ५ का २० वर्षीय दिपेशकुमार सरदार, धनपालथान ६ का २१ वर्षीय विय सहनी, सोही स्थानका २५ वर्षीय जितेनकुमार राय र विराटनगर ८ का २० वर्षीय रोहित चौधरी छन् । उनीहरुले को ३० प ७६९२, को २५ प १३२६, को ३७ प १३२३ नम्बरका लगायत मोटरसाइकल चोरी गरेको प्रहरीको भनाइ छ । अदालतबाट चोरी कसुरमा आइतबार उनीहरुको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार